शुक्रबार, १४ वैशाख २०८१

अशिष्मा नकर्मीको अनुरोध- ‘ज्ञानी भएर घरमै बस्नुस्’

समयपोष्ट २०७६ चैत २० गते ९:०९

Advertisement

कोरोनाको संक्रमणबाट जोगिन सरकारले ‘लकडाउन’ को घोषणा गरेपछि धनाड्यदेखि आम सर्वसाधारणसम्म घरको चारकुनाभित्र कैद हुनुपरेको छ ।

यो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने भएका कारण कोही फिल्म हेरेर त कोही पुस्तक पढेर जसोतसो दिन काटिरहेका छन् । नेपाली सेलिब्रेटीहरुको दैनिकी पनि एक हप्तायता यसरी नै वितिरहेको छ ।

उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट कोरोनाबारे सचेतना पनि फैलाइरहेका छन् । राजेश हमाल, प्रदीप खड्का, निखिल उप्रेती, रेखा थापा, सौगात मल्ल, करिश्मा मानन्धरलगायतले कोरोनाबाट बच्न घरभित्रै बसेर विशेष सावधानी अपनाउन भिडियो सन्देशमार्फत् आग्रह गरेका छन् ।

अभिनेत्री अशिष्मा नकर्मीले पनि सम्पूर्ण नेपालीलाई घरभित्रै सुरक्षित बस्न अनुरोध गरेकी छन् । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन सरकारले देशभरि ‘लकडाउन’ गरेकाले घरभित्रै सावधानी अपनाएर सुरक्षित रुपमा बस्न उनले आग्रह गरेकी हुन् ।

उनले इन्स्टाग्राममा आफ्नो एक तस्विर पोस्ट्याउँदै क्याप्सनमा हार्दिकतापूर्वक लेखेकी छन्, ‘ज्ञानी भएर घरमै बस्ने हुस् ।’ उनी पनि एक हप्तायता कोरोनाको त्रासले घरभन्दा बाहिर निस्किएकी छैनन् ।

View this post on Instagram

Gyaani bhayera ghar mai basney Huss ??

A post shared by Ashishmaa Nakarmi Pradhan (@ashishmanakarmi) on

प्रतिक्रिया

सम्बन्धित सामाग्री