बुधबार, १२ वैशाख २०८१

पब्जीले लियो युवकको ज्यान, छोरा बहुलाएपछि गेम बन्द गर्न पुलिसमा उजुरी

समयपोष्ट २०७५ चैत १४ गते १६:१९

Advertisement

अनलाइन भिडियो गेम पब्जीका कारण एक युवाले ज्यान गुमाएका छन् । घटना भारतको तेलंगानास्थित जगित्यालको हो । करिब ४५ दिनदेखि लगातार पब्जी गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको बताइएको छ ।

गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भयो । निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्‍यो ।

भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ ।

खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री