बिहीबार, १३ वैशाख २०८१

बिप्लव समुहसंग वार्ताको लागि सरकारले राख्यो सर्त

समयपोष्ट २०७५ चैत ७ गते १८:३०

Advertisement

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्तामा बस्न सदा तयार रहेको स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चन्द नेतृत्वको नेकपासँग वार्तामा बस्न सरकार तयार रहेको प्रष्टयाएका हुन् । तर त्यसका लागि चन्द नेतृत्वको नेकपाले हतियार बिसाउनुपर्ने सरकारको सर्त रहेको मन्त्री बास्कोटाले भनाई छ ।

बिहिबार मन्त्रिपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले कुनै पनि समूहको हिंसाजन्य गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए । मन्त्री बास्कोटाले चन्द नेतृत्वको नेकपालाई वार्ताको नाममा थप गलत गतिविधिको तयारी गर्ने छुट हुन नसक्ने पनि बताए ।

मन्त्री बास्कोटाले संविधानमाथि प्रश्न उठाउन पाइने तर संविधानका मूलभूत विषय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले प्रश्न गर्न नपाउने पनि स्पष्ट पारे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री