शुक्रबार, १४ वैशाख २०८१

जब ‘क्याप्टेन’ हेरेपछि प्रधानमन्त्री ओलीले आफ्नै पछाडी बसेका अनमोललाई चिन्दिन भने….

समयपोष्ट २०७५ चैत ७ गते १२:१४

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न सिटी सेन्टर पुगेका छन् । प्रधानमन्त्री ओली आफ्ना पिता र पत्नी राधिकासाथ बुधबार साँझ ‘क्याप्टेन’हेर्न पुगेका हुन् ।

भुवन केसीद्वारा निर्माण गरिएको चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलसँग आधारित कथावस्तु छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।

बुधबार साँझ चलचित्र हेरेपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूले अनमोल केसीलाई नचिनेको बताए । अनमोल केसी कस्तो लाग्यो भन्ने प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा भने, ‘अनमोल केसी त चिन्या छैन मैले, इशान खड्का मात्र चिन्या हो ।’ प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रधानमन्त्री पछाडि रहेका अनमोल केसी मुसुमुसु हाँसिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री