शनिबार, ८ वैशाख २०८१

जब दीपिकाले पुर्व प्रेमि रणवीर कपूरलाई गुडबाई किस दिइन्…

समयपोष्ट २०७५ चैत ६ गते १९:५४

Advertisement

बलिउड नायिका दीपिका पादुकोण र रणवीर कपूरको प्रेम सम्बन्ध कुनै बेला निकै चर्चाको बिषय थियो । तर आपसी असमझदारीका कारण उनीहरुको सम्बन्ध टुटेको थियो । त्यसपछि दीपिकाले अभिनेता रणवीर सिंहसंग सम्बन्ध अगाडी बढाएकी थिइन् । उनले केही महिना अघि सिंहसंग विवाह गरिसकेकी छिन् । त्यसो त रणवीरले पनि कपूर अभिनेत्री आलिया भट्टलाई डेट गरिरहेका छन् ।

लामो समयपछि फेरी एक पटक पुर्व जोडी दीपिका र रणवीर कपूर बलिउडमा चर्चाको बिषय बनेका छन् ।

हालै दीपिका पादुकोण र रणवीर कपूर एक विज्ञापनको छायाँकंनका लागि सँगै देखिएका थिए । छायाँकंन सकेर सेटबाट फर्कने क्रममा दीपिका र रणवीरले एकअर्कालाई नजिकका साथीहरुझैं अँगालो हाल्दै गुडबाई किस गरेका तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री