शनिबार, ८ वैशाख २०८१

विराटनगरको तिनपैनीमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन

समयपोष्ट २०७५ चैत ५ गते १७:४६


प्रभु बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।

Advertisement

बैंकको तिनपैनी शाखा कार्यालयको मंगलवार नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका विच समुद्घाटन गरे ।

बैंकको तिनपैनी शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा मोरङ्ग जिल्लास्थित विभिन्न, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचार्यले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको भन्दै बैंकको प्रसंशा गरे

‘तिनपैनी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन्’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने ‘समग्र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री