मंगलबार, ११ वैशाख २०८१

सन्राइज बैंक र शिखर इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता

समयपोष्ट २०७५ चैत ५ गते १७:३७


सन्राइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

Advertisement

सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृरत्न राज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतदिपप्रकाश पाण्डेले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

ग्र्राहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जिवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने छन् ।

यो सम्झौताले निर्जिवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री