बिहीबार, १३ वैशाख २०८१

‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

समयपोष्ट २०७५ चैत ५ गते १७:११


कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनी स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेको छ । बमको आर्थिक अवस्था कमजोर छ ।

Advertisement

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उनी पीडा सुनाइ रहन्छन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाए । “छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने”, उनले भने ।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाए । “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो”, उनले भने । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री