शुक्रबार, ७ वैशाख २०८१

आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्दै लक्ष्मी बैंक

समयपोष्ट २०७५ चैत ४ गते १६:३४


लक्ष्मी बैंकले आफ्ना ग्राहकहलाई स्वस्थ जीवनशैलीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले लक्ष्मी आरोग्य नामक स्वास्थ्य र आरोग्य सम्बन्धी कार्यक्रमको सुरुवात गरेको छ ।

Advertisement

लक्ष्मी बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरु समावेश हुन सक्ने यस योजना अन्तर्गत ग्राहकहरुले काठमाडौं उपत्यकाका विभिन्न ख्यातिप्राप्त अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग गरिएको सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले साझेदार अस्पतालहरुमा २० प्रतिशतसम्म तथा आरोग्य केन्द्रहरुमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरेर समेत यो सुविधा प्राप्त गर्न सकिनेछ । यसका अतिरिक्त लक्ष्मी बैंकका ग्राहक तथा तीनका परिवारलाई आफ्नो सेवामा प्राथमिकता प्रदान गर्न समेत सहभागी अस्पताल तथा स्वास्थ्य केन्द्रहरु सहमत भएको बैंकले जनाएको छ ।

सन् २००२ मा स्थापित लक्ष्मी बैंकले आफ्ना शाखाहरु लगायत विभिन्न सूचना प्रविधिमैत्री माध्यमहरुबाट ग्राहकहरुलाई बैकिंग सेवा प्रदान गर्दै आएको छ ।
हाल लक्ष्मी बैंकको सञ्जालमा ४६ जिल्लाहरुमा ९९ शाखा तथा ५ अस्पताल सेवा काउन्टर, ११४ एटिएम तथा देशभर २५०० विप्रेषण एजेन्ट तथा ५१ शाखारहित बैंकिंग एजेन्टहरु समावेश छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री