शुक्रबार, १६ चैत २०८०

तीन बर्षपछि गोकर्णेश्वरमा १ हजार ५० घर पुनः निर्माण

समयपोष्ट २०७५ चैत ४ गते १२:०२

Advertisement

गोकर्णेश्वर नगरपालिकामा एक हजार ५० घर पुनः निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका दुई हजार ९३३ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो ।

नगरपालिका पुनःनिर्माण शााखा प्रमुख इञ्जिनीयर कुशुम देवले भूकम्पले क्षति पु¥याएका दुई हजार ९३३ घरधुरीमध्ये दुई हजार ५०३ घरपरिवारले पहिलो किस्ता, एक हजार ४१२ घरपरिवारले दोस्रो किस्ता र एक हजार ५० घरपरिवारले तेस्रो किस्ताको रकम लिइसकेको जानकारी दिए ।

नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्तावापत रु पचास हजार, दोस्रो किस्तावापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्तावापत रु एकलाख प्रदान गर्दै आएको छ ।

नगरपालिका प्रमुख सन्तोष चालिसेले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताए । “घरको क्षतिको आधारमा वडाबाट आएको सिफारिसमा रकम प्रदान गर्दै आएका छौँ”, उनले भने ।

नगरपालिकामा नौ वडा रहेका छन् । कूल २७ हजार १०६ घरधुरी रहेको उक्त नगरपालिकामा एकलाख ७३ हजार जनसङ्ख्या रहेको छ ।

यस्तै, नगरपालिकाभित्र घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री