शुक्रबार, ७ वैशाख २०८१

माउन्टेन हाईड्रोको साधारण सेयर बाँडफाँड

समयपोष्ट २०७५ चैत ३ गते १२:०९

Advertisement

माउन्टेन हाईड्रो नेपाल लिमिटेडको साधारण सेयर आज बाँडफाँड भएको छ।

साधारण सेयरमा आवेदन दिएका मध्ये २३ हजार ९६५ आवेदकले ४० कित्ता र २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन् ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका सबै ५० हजार ९३८ जना आवेदकलाई १० कित्ताका दरले ३० कित्ताका दरले १५ लाख २८ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। 

यसरी बाँडफाँड गरेर बाँकी रहेको दुई लाख ३९ हजार ६५० कित्ता शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका ५० हजार ९३८ आवेदकमध्ये २३ हजार ९६५ आवेदकले ४० कित्ताका दरले प्राप्त गरेका हुन् । २६ हजार ९७३ आवेदकले भने ३० कित्ता प्राप्त गरे ।

माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म आयोजना प्रभावित बासिन्दाबाट अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल एक सय रुपैयाँ अंकित दरका १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री