शुक्रबार, १६ चैत २०८०

आतिफ असलमको आवाजमा रेकर्ड भएको गीत सलमान आफैले गाए,यस्तो सुनिएपछि बने मजाक

समयपोष्ट २०७५ चैत ३ गते ११:०९

Advertisement

 

बलिउडका सुपरस्टार सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ ।

फिल्मका निर्माता सलमान आफै हुन् भने फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमानले फिल्ममा एउटा गीत पनि गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । सुरुमा पाकिस्तानी गायक आतिफ असलमको आवाजमा रेकर्ड गरिएको गीत पुलवामा हमलापछि फिल्मबाट हटाइएको थियो । सलमानले सोही गीत आफै गाएका हुन् ।

सलमान खानले यसअघि हिरो र रेस–थ्रीका लागि गीत गाइसकेका छन् । तर सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरेका छन् । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री