बिहीबार, १३ वैशाख २०८१

चिकित्सक र मिर्गौला प्रत्यारोपितबीचको मैत्रीपूर्ण फुटवल सम्पन्न

समयपोष्ट २०७५ फागुन ३० गते १७:३०

Advertisement

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवसको अवसरमा आयोजना गरेको चिकित्सक र मिर्गौला प्रत्यारोपितबीचको मैत्रीपूर्ण फुटवल खेल १ – १ गोलको बराबरीमा टुंगिएको छ ।

आज विहान भक्तपुरस्थित सैनिक महाविद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण फुटवल खेल १ – १ गोलको बराबरीमा टुंगिएको हो । उक्त खेलमा चिकित्सक टोलीको नेतृत्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवले गरेका थिए भने मिर्गौला प्रत्यारोपित टोलीको नेतृत्व ध्रुब विक्रम मल्लले गरेका थिए ।

३० मिनेटमा निर्धारण गरेको खेलमा गोलको अग्रता भने चिकित्सक टोलीले गरेको थियो । खेल शुरु भएको सातौँ मिनेटमा चिकित्सक टोलीको तर्फबाट गोल गरी अग्रता लिएको थियो ।

तर सो अग्रता १४ मिनेट टिक्न सकेन । खेलको २१ औँ मिनेटमा प्रत्यारोपितको तर्फबाट अर्को गोल गरी गोल फर्काइएको थियो ।

चिकित्सकको टोलीबाट उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहाल समेत खेलेका थिए ।

त्यस्तै सोही अवसरमा आयोजित प्रत्यारोपितबीचको व्याडमिन्टन तथा दौड प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री