बिहीबार, १३ वैशाख २०८१

आज विश्व मिर्गौला दिवस: स्वास्थ्य मन्त्री र राज्यमन्त्रीले गरे मरणोपरान्त अंग दान

समयपोष्ट २०७५ फागुन ३० गते १५:०६

Advertisement

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र स्वास्थ्य राज्यमन्त्रीले डा. सुरेन्द्र कुमार यादवले मरणोपरान्त अंग दान गरेका छन् । बिहीबार विश्व मिर्गौला दिवसको अवसरमा शहीद र्धमभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्रीले मरणोपरान्त अंगदान गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मानिस स्वस्थ भएर बाच्न स्वस्थ मिर्गाैला चाहिने बताए । उनले नियमित व्यायाम, खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान पुर्याए मिर्गाैला सम्बन्धि रोगबाट बच्न सकिने सुझाव दिए ।

यादवले मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य सरह तन्दुरुस्त हुनसक्छन भन्दै सबैलाई अंगदान गर्न जोड दिए । उनले नेपालमा साधन र स्रोतको कमी तर रोगीको संख्या बढिरहेकोले अंगदान गररे बचाउन सकिने सन्देश सबैमा फैलाउनु अवश्यक छ भने । कानुनी रुपमा काम राम्रो भएपनि व्यवहारिक रुपमा अंगदान संस्कार बढाउने तर्फ सोच्ने बेला आएका राज्यमन्त्री यादवले बताए ।

त्यस्तै कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालको प्रत्यारोपण कानून विश्वमा नै उदाहरणीय रहेको बताए । श्रेष्ठले तुलनात्मक रुपमा मिर्गौला सम्बन्धी रोगलाई कम महत्वका साथ हेरिएको उल्लेख गरे ।

त्यस्तै कार्यक्रमा उपस्थित औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहाल, कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवशं आचार्यले पनि अंग दान गरेर पुण्य कमाउन सबैलाई अनुरोध गरे ।

यसैगरी आजै कैन्द्रले मिर्गौला प्रत्यारोपण गरेका र नगरेकाबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति पनि अरु सरह तन्दुरुस्त हुन सक्छन भन्ने सन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको खेल संयोजक धु्रव विक्रम मल्लले बताए ।

केन्द्रले विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री