शनिबार, ८ वैशाख २०८१

आमा बुवासंगको त्यो अन्तिम डिनर जुन कहिले भुलाउन सक्दिनन् सारा

समयपोष्ट २०७५ फागुन ३० गते १२:०७

Advertisement

सेफ अली खान र अमृता सिंहकी छोरी सारा अलि खानले आमा–बुवासँगको अन्तिम भेटबारे कुराकानी गरेकी छिन् । उनले करण जोहोरको च्याट शो ‘कफी विद करण’ मा आमा–बुवाको सम्बन्धबारे खुलेर कुरा गरिन् ।

च्याट शोमा साराले आफू कोलम्बिया युनिभर्सिटी जानुअघि आमा–बुवासँग सँगै खाना खाएको बताइन् ।

उनले भनिन्, ‘त्यतिबेला म र पापा डिनर गरिरहेका थियौं । हामीले आमालाई पनि बोलायौं । मलाई कस्तो राम्रो महसुस भइरहेको थियो किनभने म कलेज जाँदै थिएँ र मेरा आमा–बुवाले सँगै मलाई छोड्न आएका थिए । त्यो पल निकै प्यारो थियो जुन मलाई सधैं याद भइरहनेछ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री