शनिबार, ८ वैशाख २०८१

प्रहरी युक्ति तालीम केन्द्रको भवन

समयपोष्ट २०७५ फागुन २९ गते १५:१७


पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ जर्गहामा प्रहरी युक्ति तालीम केन्द्रमा कार्यालय भवनसहित ब्यारेक तथा मेस भवन र सर्पदंश उपचार केन्द्रको भवन निर्माण पूरा भएको छ ।

Advertisement

तालीम केन्द्रमा रु पाँच करोड ४७ लाख ४३ हजार ९४१ मा लागतमा २३ कोठे तिनतले ब्यारेक तथा मेस भवनको निर्माण सम्पन्न भएको हो । यसैगरी रु दुई करोड ८४ लाख ४१ हजार ५४२ मा लागतमा २४ कोठे तीन तले कार्यालय भवनको निर्माण कार्य पूरा भएको छ ।

तालीम केन्द्रमा सुनवल नगरपालिकाको करीब रु १५ लाखको आर्थिक सहयोगमा सर्पदंश उपचार केन्द्रको नवनिर्मित भवनसमेत निर्माण कार्य सम्पन्न भएको छ ।

नगरपालिकाको भवन

नगरपालिकाले आफ्नो मुख्य प्रशासनिक भवन निर्माण शुरु गरेको छ । तीन वर्षमा सम्पन्न हुने साढे तीन तले प्रशासनिक कार्यालय करीब रु ३० करोडको लागतमा निर्माण हुनेछ । उक्त भवनमा ७५ कोठा, एउटा बहुउद्देश्यीय हल, चार मिटिङ हलसहित लिफ्ट जडान गरी पूर्णरुपले अपाङ्गमैत्री भवन निर्माण गरिने नगर प्रमुख भीमबहादुर थापा (भरत) ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री