बिहीबार, ६ वैशाख २०८१

विद्युतीय हस्ताक्षर

समयपोष्ट २०७५ फागुन २७ गते १५:०७


विद्युतीय हस्ताक्षर सुरक्षित, भरपर्दो र विश्वसनीय हुने सरोकारवालाको धारणा रहेको छ । डिजिटल नेपाल बनाउने सन्दर्भमा विद्युतीय हस्ताक्षर प्रणालीले सुशासन कायम गर्ने र पारदर्शितालाई बलियो बनाउने विश्वास लिइएको छ ।

Advertisement

प्रमाणीकरण नियन्त्रक कार्यालयद्वारा आज यहाँ आयोजित विद्युतीय हस्ताक्षरसम्बन्धी सचेतना कार्यक्रममा आयोजकले सो तथ्य बताएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आम नागरिकलाई सेवा प्रवाह गरिरहेका सार्वजनिक निकाय प्रविधिमैत्री बन्नुपर्ने र यसबाट लागत र समयको बचत हुनुका साथै सेवा पनि छिटो प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा उपनियन्त्रक अनिलकुमार दत्त र इञ्जिनीयर सतिश सुवेदीले पनि विद्युतीय हस्ताक्षर प्रणालीमा हुने सुविधाका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमा मोरङका सबै कार्यालयका कम्प्युटर अपरेटर र कार्यालय प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री