शनिबार, ३ साउन २०८२

शुल्क निर्धारण : संस्थागत विद्यालयका लागि अंकुश नबनोस

मधु लोहनी, कोषाध्यक्ष पदमा उम्मेदवार, प्याब्सन

समयपोष्ट २०७५ फागुन २३ गते १४:४४

शिक्षा मन्त्रालयले तयार पार्दै गरेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड तथा कार्यविधिले चाँडै एक पटक फेरी निजी भनिने संस्थागत विद्यालयहरुलाई राम्रै सँग गोद्ने छ । तिनको सातो त उडिसकेकै छ । शिक्षा विभागका निर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित प्राविधिक समितिले तयार गरेको प्रतिवेदनका आधारमा एउटा शुल्क सम्वन्धी मापदण्ड तथा कार्यविधी शिक्षा मन्त्रीको टेवलमा पुगेको छ । कुनै समय निजी विद्यालयहरु समूल नष्ट गर्छु भन्ने डक्ट्रिनवाला गुँडवाट आएका मन्त्रीले सही धस्काए पछि यो कार्यविधीले वैधता पाउने छ । सही गर्ने कलमको टुँडो पनि तिखो छ । यो मापदण्ड तथा कार्यविधी पनि खासगरी शुल्कका वारेमा वर्षैपिच्छे र वर्षैभरी लफडा हुनथालेपछि निकासको एउटा पेटारो थियो । निजी विद्यालयहरुलाई दुहुनो वनाउने त्यही गुँडका वाच्छाहरुको संगठनका पटकपटकका घुक्रायाई तथा डुक्रायाईको वल पनि छ, यो कार्यदलको गठन तथा संगठनमा । कार्यविधी वनोस् अनी संस्थागत विद्यालयहरु राम्रैसँग जाकिनेछन् अनी कँहा जालास् मच्छडी मेरै ढडिया हुनेछ भन्ने सरकारी सोच त मिसिएकै छ । आम मानिसका विचमा मार्केटिङ गर्न सक्ने प्रोडक्ट वेच्ने धर्म भएका राजनितिक दलका लागि त यो ठूलै मसला हुने कुरो जो छँदैछ ।

उप्रान्त शुल्क निर्धारण गर्नका लागि विद्यालयहरुले अभिभावकहरुको भेला वोलाउनुपर्ने छ र कतिपय अवस्थामा त दुई तिहाई अभिभावकवाट अनुमोदन गराएर मात्र शुल्क निर्धारण गर्न पाइनेछ । त्यती खेर एउटा यस्तो कथा याद आउने छ, जसमा दुध रुग्नका लागि विरालोलाई गोठालो राखिन्छ । कतै उपभोक्तालाई सोधेर सेवाको मूल्य निर्धारण होला त ? एउटा यस्तो कार्यविधी यो मूलुकमा जारी हुन ठिक्क परेको छ, जँहा उपभोक्ताको अत्याधिक वहुमतले शुल्क तोक्नेछ र सेवा प्रदायकले सो को पालना गर्नेछ । त्यस्तो पनि निजी कम्पनी हुनेछ, नाफामा कर तिर्ने करी यस्तो संस्था पनि हुनेछ, जसलाई नाफा कमाउन कै लागि प्रतिवन्ध गरिनेछ । हाँडीगाँउ त काठमाण्डौको मुटुमा नैं त छ नि , अनि जात्रा त यही नैं हुन्छ नि ।

चुन दामको कुरा त छोडौं, न्यूनतम मानवीय संवेदना पनि निजी विद्यालयमा पढ्ने विद्यार्थी, शिक्षकलाई यो राज्यले गर्दैन ।

शिक्षामा सरकारी वजेटको प्रभावकारिता खोज्ने चेष्टा आजको यो पन्नामा गरिनेछैन् । सामाजिक न्यायको एउटा सोझो सिद्धान्तले भन्छ, राज्यले लगानी गरेको क्षेत्रमा उसले प्रतिफलमा कसिकसाउ गर्नुपर्छ । सवैका व्रम्हले जानेको छ, लुट नैं छ, राज्यको ढुकुटीमा । चारआना पैसा राज्यले निजी क्षेत्रको शिक्षालाई दिएको छैन् । चुन दामको कुरा त छोडौं, न्यूनतम मानवीय संवेदना पनि निजी विद्यालयमा पढ्ने विद्यार्थी, शिक्षकलाई यो राज्यले गर्दैन । राज्यले निजी विद्यालयमा यत्रो चासो राखेको राम्रो हो, यस अर्थमा कि चासो राखेपछि माछा देख्दा दुलो भित्र हात, भ्यागुता देख्दा दुलो वाहिर हात गर्न चाँही भएन ।

निजी विद्यालयमा गएवापत वालवालिकाले यो राज्यलाई कर तिरेका छन् । कर हुने सँग लिइन्छ र नहुनेलाई दिइन्छ । कर कसैलाई निरुत्साहित गर्नुपरे लिइन्छ । आफ्ना पैसाले खुसीराजी निजी विद्यालयमा पढिरहेका वालवालिकालाई अमुक राजनितिक दर्शनको प्रभावमा परेर निजी विद्यालयलाई नियोजन गर्न कर लगाइयो । नियत मार्ने नैं हो, सुकाउने नैं हो । कारोवारमै कर लागेको छ । नाफामा कर लागेकै छ । अव मूल्यमा अस्वभाविक ढंगले नियन्त्रण गर्न खोजिएको छ । नियत छर्लङ्गै छ ।

तर के यो पार लाग्ने उद्योग हो ? के निजी विद्यालयहरुलाई मासेर यो देशमा शिक्षा धानिन्छ ? सरकारको ढिकुटीले पार लाउनु पर्यो । सरकारी खजान्चीहरुले पार लगाउने हिम्मत गर्नुपर्यो । कर्मीहरुले पार लगाउनुपर्यो । जनताले पत्याउनुपर्यो । आज त्यही सरकारी विद्यालयमा पढाउने हेडमास्टरले पत्याएको छैन्, आफ्नो विद्यालयलाई । त्यही मास्टरले पत्याएको छैन् । जिल्ला शिक्षा कार्यालयले पत्याएको छैन् । पाटीको कार्यकर्ताले पत्याएको छैन् ।

शुल्क निर्धारण मापदण्ड तथा कार्यविधीले तपाईले हिड भन्ने गरेका निजी विद्यालयहरुलाई वाटो चौपट्टै साँगुरो वनायो । अफ्ठ्यारो वनायो । माथी वसेकाले ठेलेर लडाइ दिने खतरा वनायो । तल वसेकाले खुट्टा तानेर पछार्ने खतरा वनायो ।

निजी विद्यालयलाई सत्तोसराप गर्नेले सरकारी विद्यालयलाई पत्याएको छैन् । दशवटा राम्रा सरकारी विद्यालयलाई देखाएर भएन , वाँकी ३० हजार सरकारी विद्यालयलाई पनि पत्याउने वनाउनुपर्यो । छ कसैमा दम आजका मितिमा ? अनि किन निजी विद्यालयलाई हलो अड्काएर गोरु पड्काउने ? वजारले सवै कुरा नियन्त्रण गर्छ भन्ने कुरा विद्यालय शिक्षामा लागु हुँदैन् भन्ने कुरा मान्नुपर्छ । मान्ने हो भने निजी विद्यालयहरुलाई यो मान्यताभित्र ल्याउनुपर्यो । निजी विद्यालय चाँहिदैन भने वन्द गरे भयो । राज्यले अहिलेसम्म चाहिएको थियो, चलायौ, अव चाहिएन, वन्द गर भनेर वन्द गर्ने विधी तय गरे भयो । त्यो गर्ने दिन आएको त छैन् । भनेपछि चल्न पर्यो । चल्ने वाटो हिड्नुपर्यो । वाटो छेकेर हिड भन्न भएन । शुल्क निर्धारण मापदण्ड तथा कार्यविधीले तपाईले हिड भन्ने गरेका निजी विद्यालयहरुलाई वाटो चौपट्टै साँगुरो वनायो । अफ्ठ्यारो वनायो । माथी वसेकाले ठेलेर लडाइ दिने खतरा वनायो । तल वसेकाले खुट्टा तानेर पछार्ने खतरा वनायो । डिलमा वसेकाले पानी पोखिदिएर चिप्ल्याईदिने शंका वढायो । वाटो त देखाउँछु भन्यो, हिड पनि भन्यो तर काँडैकाँडा पो विच्छ्यायो ।

नेपालका निजी विद्यालयहरुमा अस्थिर स्थिती उत्पन्न गराउनु भनेको लाखौं नेपाली विद्यार्थीहरु भारतको नैनीताल, दार्जिलिङ्ग, दिल्ली, खर्साङ्ग, देहरादुन लगायतका सयौं स्थानहरुमा जाने वाटो खोल्नु हो । आफन्तका वाटा छेकेर पराई रिझाउने मती र गती कसैको नहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री