बिहीबार, १५ चैत २०८०

उदयपुरमा आधा दर्जन भ्यूटावर निर्माण गरिँदै

समयपोष्ट २०७५ फागुन १८ गते १४:२४

The photo shows a view tower constructed on a hill of Thini Village near Jomsom of Mustang district, on Sunday, October 23, 2016. Photo: RSS
view tower , Mustang view tower,
Thini Village ,
Mustang district,
Jomsom ,


हरिकुमार राई

Advertisement

स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ(भ्यूटावर) निर्माण कार्य शुरु गरेका छन् ।

जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको समथर तराईका मैदान देख्न सकिने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएपछि अहिले अधिकांश स्थानीय तहहरु भ्यूटावर निर्माण कार्यमा लागेका छन् ।

उदयपुर गढी गाँउपालिकाको उदयपुर गढीमा दुई वर्ष अघिदेखिनै भ्यूटावर निर्माण कार्य शुरु भएर अहिले सम्पन्न हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताए । पर्यटन मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समेत आर्थिक लगानीमा झण्डै ४४ फिट अग्लो भ्यूटावर निर्माण सम्पन्न हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

ताप्ली गाउँपालिकाको ताप्ली डाँडामा समेत अहिले आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण कार्य धमाधम शुरु भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए । उनका अनुसार गाउँपालिकाको रु दश लाखको लगानीमा ५० फिट अग्लो भ्यूटावर निर्माण कार्य शुरु भइसकेको छ ।

लिङचुुङबुङ गाउँपालिकाको बराह डाँडामा समेत अहिले जिल्लाकै सबैभन्दा अग्लो ७२ फिट उचाइ भएको भ्यूटावर निर्माण कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए । रु आठ करोड लगानीमा सम्पन्न हुने उक्त भ्यूटावरमा अहिले गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेर भ्यूटावर निर्माणको पहिलो चरणको कार्य प्रारम्भ गरेको अध्यक्ष राईले बताए ।

रौतामाई गाउँपालिकाको रौतापोखरी डाँडामा समेत आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काका अनुसार रौता क्षेत्रलाई बृहत् पर्यटन विकास गर्ने गुरुयोजनासहित अहिले पहिलो चरणमा रु २० लाख बजेट विनियोजन गरेर भ्यूटावरको कार्य शुरु गरिएको छ ।

यस्तै कटारी नगरपालिकाको पहाडी क्षेत्रमा समेत आन्तरिक पर्यटनको विकास गर्न अहिले बेतिनि डाँडामा भ्यूटावर निर्माण कार्य अगाडि बढाइएको छ । सोका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेर पहिलो चरणको कार्य अगाडि बढाएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए ।

चौदण्डी नगरपालिकाको चौदण्डी गढीलाई पर्यटन विकास गर्न दुई वर्षअघिनै ४४ फिट अग्लो भ्यूटावर निर्माण भइसकेको नगर प्रमुख खगेन्द्रकुमार राईले बताए । जिल्लामा निर्माण भइरहेका भ्यूटावरबाट उत्तरीक्षेत्रका पाँचदेखि आठ वटासम्म हिमशृङ्खला देख्न सकिने बताइएको छ ।

यस्तै उत्तरी क्षेत्रका हिमाल मात्र नभएर १ नम्बर प्रदेशको दक्षिणी क्षेत्रको तराईफाँट सप्तरी, सिरहा, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने ताप्ली गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
जिल्लाको पहाडी क्षेत्रको ताप्ली, उदयपुर गढी लिचुङबुङ र रौताबाट उत्तरी क्षेत्रको सगरमाथा हिमालसहित खुम्बुु क्षेत्र, आमादोल्मा, लोत्से र पूर्वी उत्तरी क्षेत्रको अरुण, बरुण हिमाली शृङ्खलासमेत सजिलै अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले बताए ।

जिल्लाको पहाडी क्षेत्रबाट तराईको फाँट र हिमाली क्षेत्र दुवै अवलोेकन गर्न सकिने र आन्तरिक पर्यटन विकास गर्न सकिने अवस्था रहेका कारण अहिले उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले आन्तरिक पर्यटन प्रवद्र्धनको लागि पहिलो प्राथमिकता भ्यूटावर निर्माणमा दिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री