मंगलबार, ११ वैशाख २०८१

हुन्डाइको नयाँ ग्राण्ड आइटेन नेपाली बजारमा,यस्ता छन् विशेषता

समयपोष्ट २०७३ चैत १८ गते ५:३४

हुन्डाईले नेपाली बजारमा ग्राण्ड आइ टेनको लेटेष्ट भर्सन सार्वजनिक गरेको छ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकण्टिनेण्टल प्रालिले राजधानीमा एक कार्यक्रमका माझ २०१७ ग्राण्ड आइटेन फेस लिफ्ट गाडी सार्वजनिक गरेको हो ।

Advertisement

बाहिरी आवरण र भित्री सजावट निकै उत्कृष्ट रहेको यस कारको ५ सिट क्षमता रहेको छ । यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गर्दा ठोक्किने समस्यालाई मध्यनजर गर्दै यो कारमा सेन्सर र क्यामरा जडान गरिएको छ जसलाई कार भित्र रहेको ७ इन्चको स्क्रिन बाट हेर्न सकिन्छ । 

यस कारको म्याग्ना मोडल ग्राण्डको सुरुवाती मूल्य २६ लाख ९६ हजार पर्दछ । स्पोटिर्जको २८ लाख ९६ हजार देखि ३४ लाख ५६ हजार रुपैयाँ मुल्य निर्धारण गरिएको छ । अस्टाको ३२ लाख ५६ हजार मूल्य तोकिएको छ । नयाँ ग्राण्ड आइटेनमा पानी, फलफुल तथा जुसहरु राख्न मिल्ने कुल ग्लोभ बक्स पनि राखिएको छ । यस गाडीमा पछाडि बस्नेहरुको लागि छुट्टै एसीको व्यवस्था गरिएको छ । 

अन्य गाडीहरुमा अगाडिमात्र एसी हुने र पछाडि बस्नेलाई एसीको सुविधा लिन केहीबेर कुर्नुपर्ने भन्दै कम्पनीले रियर एसी भेन्ट्स अप्सन राखिदिएको छ । अगाडि र पछाडि बस्ने सबैले एकैपटक एसीको सुविधा लिन सक्छन् । 

यो गाडीको बाहिरी भाग बोल्ड, स्र्पोटी र डाइन्यामिक स्टाइलिङ रहेको छ । भित्री भाग कम्र्फट, लक्जरी, हाइ–टेक एपिएलमा केन्द्रित छ। अगाडिको भागमा नयाँ बम्पर र नयाँ एलइडी डे टाइम रनिङ लाइट रहेको छ। साथै पछाडीको भागमा बम्पर र नयाँ रिफ्लेक्टरले यस गाडीलाई अन्य भन्दा फरक बनाएको छ । । यो इन्धन खपतमा प्रभावकारी देखिएको छ। 

भारतमा निकै लोकप्रिय बताइएको यो कार इन्डियन कार अफ दि इयर २०१४ घोषित भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री