शुक्रबार, १६ चैत २०८०

भेटियो तिन हजार बर्ष पुरानो खजाना

समयपोष्ट २०७३ चैत १४ गते ७:००

ऐतिहासिक वस्तुहरु कुन ठाउँमा कसरी फेला पर्छन् भन्नै सकिदैन । त्यसमा पनि इजिप्टको इतिहास आजसम्म पनि संसारका मानिसहरु बिच कौतुहलताको विषय हुँने गरेको छ । इजिप्टको राजधानी कायरो स्थित पुरातत्वविधहरुको हातमा एक यस्तो चिज परेको छ जसले सम्पुर्ण दुनियाँको ध्यान त्यसतर्फ खिचेको छ । 

Advertisement

कायरोको मटेरिया नामक वस्तिमा आर्कियोलजिस्टहरुले धेरै अघिदेखि रुचि देखाएका थिए । उक्त इलाकामा केही न केही महत्वपुर्ण कुरा भेटिने र सो कुराले संसारमै तहल्का मच्चाउनेमा उनीहरु विश्वस्थ थिए । पछिल्लो चार बर्ष देखि जर्मन र इजिप्टका आर्कियोलजिस्टहरु उक्त इलाकामा निकै मेहेनतसाथ उत्खनन्न् कार्यमा संलग्न थिए । यही बर्षको मार्चको सुरुवातमा आर्कियोलजिस्टहरुले यस्तो चिज फेला पारे जसको उनीहरुले बर्षैदेखि खोज गरिरहेका थिए । आर्कियोलजिस्टहरुले फेला पारेको उक्त चिज करीव तिन हजार बर्ष अघि देखि उक्त शहरको नाली मुनि पुरिएको थियो । 

1fकायरोको मटेरिया वस्ति रहेको स्थानमा हजार्रौ बर्ष अघि हेलियोपोलिस नामक शहर थियो । सोही स्थानबाट सुर्य देवले संसारको रचना गरेको बताईन्छ । चार बर्षसम्म उत्खनन्न् गर्दा सो स्थानबाट कर्यौ महत्वपुर्ण सामाग्रीहरु प्राप्त त भए तर उनीहरुले सोचेअनुरुपको महत्वपुर्ण कुरा भने भेट्टाउँन सकेका थिएनन् । लामो समयसम्म सफलता हात नलाग्दा निराश बन्न पुगेका उनीहरुले शहरको नाली उत्खनन्न् गर्ने क्रममा जे प्राप्त गरे त्यसले उनीहरुको खुसिको सिमा नाघ्यो । सो नालीबाट उनीहरुले तिस फिट अग्लो मुर्ति फेला पारे । जुन इतिहासकै सबैभन्दा महत्वपुर्ण कुरा थियो । 
हजार्रौ बर्ष अघि जब रोमन साम्राज्यले उक्त स्थानमा कब्जा जमाएको थियो । त्यतिबेला पुराना संरचनाहरु ध्वस्त पारि त्यस माथि नव निमार्ण गरिएको थियो । सो समय राजा सम्सेस दितियको विशाल मुर्ति पनि ध्वस्त पारियो । सोही मुर्ति उक्त नाली मुनिको जमिनमा बर्षै देखि पुरिएर रहेको थियो ।  

2fएजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री