शुक्रबार, १६ चैत २०८०

महिलाहरुको शरिरसंग जोडिएका केही आश्चर्यजनक तथ्यहरु जुन तपाईलाई थाहा नहुन सक्छ

समयपोष्ट २०७३ चैत १३ गते ७:५६

महिलाहरुको शरिर एकदम रहस्यमय मानिन्छ । झट्ट हेर्दा उ कोमल देखिन्छे । सबैभन्दा चाँडो महिलाहरुको आँशु झर्छ भन्ने पनि गरिन्छ । बाहिर 
हेर्दा महिलाहरु कोमल र कमजोर देखिए पनि भित्रि रुपमा उनीहरु अत्यन्त्रै बलियो हुनेगर्छन् । प्रकृतीले पुरुषहरुको तुलनामा महिलाहरुलाई धेरै खुबि दिएको छ तर यि खुबिको बारेमा महिलाहरु भने अनभिज्ञनै छन् । 

Advertisement

मलिाहरुसंग जोडिएको तथ्यहरु

महिलाहरुको मांसपेसी हल्का र ज्यादा लचिलो हुँनेगर्छ । गर्भावस्थामा महिलाहरुको शरिर सजिलैसंग बद्लिन सकोस् साथै बच्चा पैदा भैसकेपछि रिकभर हुँन सजिलो होस् भन्नाका खातिर प्रकृतीलेनै उनीहरुमा यस्तो क्षमता दिएको छ । महिलाहरुको शरिरमा पाईने एस्ट्रोजन हर्मोनको कारण उनीहरुको मसल्स लचिलो हुँनेगर्छ। यहीँ कारण महिलाहरु सबैभन्दा राम्रो जिम्न्यास्टिक हुँनेगर्छन् । यसंगै महिलाहरुको गर्धन पनि ज्यादाँ फ्लेक्सिबल हुँनेगर्छ । जसले गर्दा उनीहरु आफ्नो गर्धन बढीनै घुमाउँन सक्छन् । 

महिलाहरुको कपालको मोटाई पुरुषहरुको तुलनामा आधीनै बढी हुँनेगर्छ । महिलाहरुको कपाल सुन्दर हुँने हुँदा हेर्दा रेशमी र मुलायम देखिन्छ । कुनै पनि महिलाको कपालको क्वालिटीबाट उसले जन्माउँन बच्चाको स्वास्थ्य स्थितीको बारेमा थाहा पाउँन सकिन्छ । महिलाहरुको कपालको क्वालिटी जति राम्रो हुन्छ उनीहरुले जन्माउँने बच्चा उत्तिनै स्वस्थ हुन्छन् । 

महिलाहरुमा दुखाईको रिसेप्टर अधिक हुँने गर्छ । यसको मतलब महिलाहरुलाई दुखाईको महसुस छिट्टै र ज्यादा हुँनेगर्छ । यसको बाबजुद पनि महिलाहरु ज्यादा दुखाई सहन सक्छन् । यहि कारण महिलाहरु टाउँको दुख्दा अथवा शरिरमा अन्य समस्याहरु भैरहदा पनि काम गरिरहेकै हुन्छन् । 

महिलाहरुको दिमागीले निद्राको समयमा सिर्फ दश प्रतिशत् मात्र कम काम गरिहेको हुन्छ । यसको मतलब महिलाहरुको दिमागले पुरुषहरुको तुलनामा सुतिरहेको बेला पनि काम गरिरहेको हुन्छ । यही विशेषताका कारण महिलाहरु बच्चाहरुको राम्रो हेरचाह गर्नसक्छन् । निदाएको बेला पनि बच्चाको सानो आवाजमानै आमाहरु ब्युझिन्छन् । 

महिलाहरुको मुटु ज्यादा बलियो मानिन्छ तर पुरुषहरुको भन्दा महिलाहरु मुटु सानो हुँनेगर्छ । महिलाहरुको मुटुका एभरेज तौल ११८ ग्राम हुनेगर्छ भने पुरुषहरुको महिलाहरुको भन्दा ६० ग्राम ज्यादा हुँने गर्छ । महिलाहरुको मुटु पुरुषहरुको भन्दा तिव्र गतिमा धढ्किन्छ  । 

महिलाहरुको दिमागमा स्पिच र वर्ड प्रोसेसिंगको लागि दुई सेण्टर हुँने गर्छ भने पुरुषहरुको दिमागमा मात्र एक सेण्टर हुँनेगर्छ । यसकारण महिलाहरु छिटो र प्रष्ट बोल्न सक्छन् । महिलाहरुमा नन्भर्वल इशारा पनि पुरुषहरुको तुलनामा दोब्बर हुँने गर्छ । यसकारण महिलाहरु इसारामा पनि धेरै कुरा गर्नसक्छन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री