
एनएमबि बैंक लिमिटेडले ग्लोबल मनी विक को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ ।
“Smart Money Talks” भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै बैंकले युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न विद्यालय, कलेज र समुदायस्तरमा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमका क्रममा सहभागीहरूलाई बचतको महत्व, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग र दीर्घकालीन वित्तीय योजना निर्माणसम्बन्धी व्यावहारिक जानकारी दिइएको थियो । बैंकका विभिन्न शाखामार्फत सञ्चालित यी कार्यक्रमबाट ४,००० भन्दा बढी विद्यार्थी, युवा तथा स्थानीय समुदायका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
यसका साथै एनएमबि बैंकले देशका विभिन्न शहरमा प्रभातफेरी तथा जनचेतनामूलक ¥यालीहरू पनि आयोजना गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्महरूमा वित्तीय सचेतनासम्बन्धी जानकारीमूलक भिडियो, पोस्टर र अन्तरक्रियात्मक सामग्रीहरू साझा गर्दै बैंकले डिजिटल माध्यमबाट पनि व्यापक जनसम्मेलन पु¥याएको छ ।
एनएमबि बैंकका अनुसार, ग्लोबल मनी विक जस्ता अभियानहरूले विशेष गरी युवाहरूमा सही वित्तीय निर्णय लिने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन् । बैंकले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
हाल एनएमबि बैंकले देशभरि २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया