
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘स्मार्ट मनी टक्स २०२६’ मूल नाराका साथ गत चैत २ गतेदेखि ८ गतेसम्म देशभरि ‘ग्लोबल मनी विक २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ ।
बैंकले आफ्ना १०८ शाखा कार्यालय मार्फत ७ वटै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी हजारौं सर्वसाधारण, युवा र विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गरेको हो । यस अभियानबाट करिब ६ हजार मानिस प्रत्यक्ष लाभान्वित भएका छन् ।
बैंकले कोशी प्रदेशको विराटनगर, बिर्तामोड, इटहरी, दमक, धरानलगायत क्षेत्र, मधेश प्रदेशको वीरगञ्ज, जनकपुर, राजविराज, लाहान, मलंगवा, मधेश प्रदेशका विभिन्न स्थान, बाग्मती प्रदेशको काठमाडौं उपत्यका, हेटौंडा, चरिकोट, नारायणघाट, बागलुङ, पोखरा, गण्डकी प्रदेशका विभिन्न ठाउँ, लुम्बिनी प्रदेशको बुटवल, घोराही, नेपालगञ्ज, कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, डोल्पा र सुदूरपश्चिम प्रदेशको अत्तरिया, धनगढी, बझाङलगायत ठाउँमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा उपस्थित युवा तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र महत्वबारे विस्तृत जानकारी दिइएको थियो । साथै, विद्युतीय बैंकिङको विकाससँगै बढ्दै गएको साइबर अपराध र जोखिमबारे सचेत गराइएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय क्रियाकलापमा बैंकिङ प्रणालीको अनिवार्य प्रयोग गर्न जोड दिइएको थियो ।
बैंकका अनुसार यस प्रकारका कार्यक्रमले बैंकिङ प्रणालीलाई थप मजबुत बनाउने र युवा पुस्तामा वित्तीय ज्ञानको विकास गर्ने विश्वास लिएको छ ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ र ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनलले हालैका वर्षमा डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो ।
यसैगरी, नवयुवा पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, फ्रिलान्सरहरूलाई विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाट नै शेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा तथा क्रस-बैंक टेलर सेवा (अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट क्यूआर स्क्यान गरी नगद झिक्न सकिने) जस्ता नवीन सुविधाहरू पनि बैंकले थपेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख २ हजारभन्दा बढी ग्राहकलाई आधुनिक र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले भविष्यमा पनि वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिँदै डिजिटल नेपाल निर्माणमा आफ्नो योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।








प्रतिक्रिया