नेपाल एसबिआई बैंकद्धारा ४४ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय साक्षरता अभियान ग्लोबल मनी विक २०२६ को अवसरमा “Smart Money Talks” नाराका साथ देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चैत २ देखि ८ गतेसम्म सातै प्रदेशका ४४ विभिन्न स्थानमा स्कूल तथा कलेजका विद्यार्थी र युवाहरूलाई लक्षित गरी यो अभियान चलाइएको थियो।

यी कार्यक्रमबाट ३ हजारभन्दा बढी विद्यार्थी तथा युवा प्रत्यक्ष लाभान्वित भएका छन्। कार्यक्रममा बचतको महत्व, ऋण व्यवस्थापन, लगानीका अवसर, डिजिटल बैंकिङको प्रयोग, डिजिटल ठगीबाट बच्ने उपाय तथा अन्य आधारभूत बैंकिङ र वित्तीय अवधारणाहरूबारे विस्तृत जानकारी दिइएको थियो।

Advertisement

कार्यक्रम कोशी प्रदेशमा इटहरी, भोजपुर, विराटनगर, बरगाछी, बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशमा सिमरा, बर्दिबास, विरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ, पिडारी चौक र जनकपुर, बागमति प्रदेशमा पाटन, धादिङ, नारायणगढ र हेटौंडा, गण्डकी प्रदेशमा दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा, लुम्बिनी प्रदेशमा सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही र रामपुर बजार, कर्णाली प्रदेशमा सुर्खेत र चामुण्डा, सुदूरपश्चिम प्रदेशमा धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द्रनगर, शिबनाथ, अत्तरिया र टिकापुर लगायतका स्थानमा सञ्चालित भएका थिए।

यी अन्तरक्रियात्मक सत्रहरूले युवाहरूलाई वित्तीय निर्णयमा स्मार्ट र सूचित हुन प्रोत्साहित गरेको बैंकले जनाएको छ।

नेपाल एसबिआई बैंक लिमिटेड विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकसँग १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

बैंकले वित्तीय समावेशीकरण र युवा पुस्तामा वित्तीय जागरण फैलाउने उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ। ग्लोबल मनी विक जस्ता अभियानमार्फत युवाहरूलाई सही वित्तीय बानी विकास गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री