बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यसको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री