नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता/नियमित गर्ने आकर्षक योजना

नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई राहत दिने गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाले खासगरी खराब तथा निष्क्रिय कर्जा भएका ऋणीहरूलाई ठूलो अवसर प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकरण भएका तथा अपलेखित कर्जा (बक्यौता सावाँ १ करोड रुपैयाँसम्मका) ग्राहकहरूले वि.सं. २०८३ असार मसान्तभित्र योजना अनुसार शर्त पूरा गरी कर्जा चुक्ता गरेमा ब्याज छुटको सुविधा पाउनेछन् । यस्ता ग्राहकहरूलाई बैंकले सुवर्ण अवसरको रूपमा प्रस्तुत गर्दै सम्बन्धित ऋणीहरूलाई शाखा कार्यालयमा सम्पर्क गरी लाभ लिन आग्रह गरेको छ ।

Advertisement

यसैगरी, वि.सं. २०८० वैशाख १ गतेयता निष्क्रिय वर्गमा परेका तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत मसान्तभित्र बक्यौता सावाँ र ब्याज पूर्णरूपमा भुक्तानी गरी कर्जा चुक्ता वा नियमित गरेमा पेनाल ब्याज, ब्याजको ब्याजमा पूर्ण छुट र साधारण ब्याजमा समेत केही प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री