शुक्रबार, ७ वैशाख २०८१

सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट

समयपोष्ट २०७९ चैत १७ गते १७:५६

Advertisement

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो ।

कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । त्यसमध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएका छन् भने १३ लाख ९३ हजार १५३ जना योग्य आवेदक परेका छन् ।

कम्पनीको शेयरमा मागभन्दा बढीको आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले शेयर वितरण गरेको हो । त्यस अनुसार ३ लाख ५८ हजार १७६ जनाले मात्रै शेयर पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री