शुक्रबार, ७ वैशाख २०८१

सांसद चड्डासँग विवाह गर्दै परिणीति चोपडा

समयपोष्ट २०७९ चैत १५ गते १४:५४

Advertisement

बलिउड अभिनेत्री परिणीति चोपडाले सांसद विवाह सांसद राघव चड्ढासँग गर्ने भएकी छन् ।

सांसद चड्ढा आम आदमी पार्टीका राज्यसभा सांसद हुन्।

उनीहरूले बिहे गर्न लागेको आम आदमी पार्टी कै सांसद सञ्जीव अरोडाले खुलासा गरेका छन्।

‘म राघव चड्ढा र परिणीति चोपडालाई हार्दिक बधाई दिन चाहन्छु। आशा छ उनीहरूलाई प्रेम, आन्नद र सद्भाव मिलोस्। मेरो शुभकामना छ,’ उनले ट्वीटरमा परिणीति र राघवको तस्बिर सेयर गर्दै लेखेका छन्।

विवाहको विषयमा परिणीति र राघवले केही बताएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री