शनिबार, ८ वैशाख २०८१

पुनः सर्‍यो अस्कलको स्ववियु निर्वाचन

समयपोष्ट २०७९ चैत १५ गते ९:३९

Advertisement

काठमाडौँको अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु निर्वाचन पुनः सरेको छ ।

यसअघि चैत १८ गते स्ववियु निर्वाचन हुने भनिएको थियो । तर, चुनावको तयारी नपुग्ने भन्दै विद्यार्थी सङ्गठनहरूले आग्रह गरेपछि चैत २४ गते चुनाव गराउने निर्णय गरिएको हो ।

अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरि पोखरेलले विद्यार्थी सङ्गठनहरूको सर्वपक्षीय सहमति अनुसार स्ववियु निर्वाचन चैत्र २४ गराउने निर्णय भएको बताए ।

यसअघि चैत ५ गते निर्वाचन हुन नसकेपछि अनेरास्ववियुको तर्फबाट उच्च अदालत पाटनमा रिट दायर गरिएका थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश अनुसार क्याम्पसले चैत १८ मा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर, विद्यार्थी सङ्गठनहरूले उक्त मितिमा आफूहरूको तयारी नपुग्ने भन्दै मिति सार्नुपर्ने माग राखेका थिए । सोही आधारमा अर्को मिति तय गरिएको पोखरेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री