बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको स्वीकृति

समयपोष्ट २०७९ चैत १४ गते १४:१४

Advertisement

नेपाल धितोपत्र बोर्डले महालक्ष्मी विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ ।

बोर्डले बैंकलाई एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो।

यससंगै बैंकले अब कुल ऋणपत्रमध्ये बैंकले ४० करोड बराबरको सर्वसाधरणलाई बिक्री गर्ने छ। बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

ऋणपत्रको परिपक्व अवधि १० वर्ष रहेको छ। ऋणपत्रका लागि बैंकले वार्षिक ११ प्रतिशत व्याजदर दिने छ। बैंकले पाकेको व्याज ६/६ महिनामा वितरण गर्ने छ। बैकले ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ।

ऋणपत्र कम्तिमा २५ कित्ता खरीद गर्नु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री