शुक्रबार, ७ वैशाख २०८१

“ग्लोवल मनी विक-२०२३” अन्र्तगत लुम्बिनी विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ चैत १३ गते १९:४३

Advertisement

लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सात वटै प्रदेशमा सफलताका साथ सम्पन्न गरेको छ ।

ग्लोवल मनी विक-२०२३ अन्र्तगत युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले बार्षिक रुपमा मार्च महिनामा मनाइने एक हप्ते अभियान हो ।

“प्लान योर मनी,प्लाण्ट योर फ्युचर” भन्ने नाराका साथ ग्लोवल मनी विक-२०२३ यो बर्ष पनि चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म मनाइयो ।

यो सप्ताहब्यापि महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिबिधिका सन्दर्भहरु प्रस्तुत गरेको थियो । साथै विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरियो ।

ग्लोवल मनी विक-२०२३ सफल बनाउने उद्देश्यका साथ लुम्बिनी बिकास बैंकले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको बिरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराहि र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको बिरगन्ज र कोशी प्रदेशको बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । लुम्बिनी विकास बैंकले धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका उप निर्देशक कुबेर थापाले पनि सहभागिता जनाउनु भयो । साथै, बैंकले पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक आर्या जोशी तथा उप निर्देशक राम कुमार कार्कीले पनि सहभागिता जनाउनु भयो । उप निर्देशक कार्कीले सफा नोट निती तथा नोटको सुरक्षण व्यवस्थाहरु सम्वन्धि जानकारीमुलक प्रस्तुती दिनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री