शुक्रबार, ७ वैशाख २०८१

कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने म्याद थप

समयपोष्ट २०७९ चैत १३ गते ९:१४

Advertisement

कुमारी क्यापिटलले चैत ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कुमारी सुनौलो लगानी योजनाको इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ।

सो योजनाको इकाईका लागि अब चैत २३ गतेसम्म आवेदन दिन सकिने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो।

सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरेको भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री