बुधबार, १२ वैशाख २०८१

सिद्धार्थ क्यापिटलले नयाँ म्युचुअल फण्ड इकाई निष्काशन गर्दै

समयपोष्ट २०७९ चैत १२ गते १६:०७

Advertisement

सिद्धार्थ क्यापिटलले चैत्र २६ गतेबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ ।

क्यापिटलले १० वर्ष सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याईएको छ । त्यस्तै ६० लाख इकाई कोष व्यवस्थापक कम्पनी सिद्धार्थ क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ । छिटोमा चैत्र २९ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा बैशाख १० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

हाल सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ नामक बन्दमुखी र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम नामक खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री