बिहीबार, १३ वैशाख २०८१

‘ग्लाेवल मनी वीक २०२३’ काे अवसरमा प्रभु क्यापिटलले गर्याे सचेतना कार्यक्रम

समयपोष्ट २०७९ चैत १० गते २१:२२

Advertisement

प्रभु क्यापिटल लिमिटेडले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

‘ग्लाेवल मनी वीक २०२३’काे अवसरमा पूँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले क्यापिटलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई शेयरबजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमादीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री