शुक्रबार, १६ चैत २०८०

बैङ्कास्योरेन्स उचित समयमा खुल्नेमा आशावादी छौं

समयपोष्ट २०७९ चैत ११ गते १५:३९

Advertisement

अहिले समग्र जीवन बीमा क्षेत्रको अवस्था कस्तो छ ?

अहिले अर्थतन्त्र जसरी प्रभावित भइरहेको छ, त्यसको प्रभाव जीवन बीमा क्षेत्रमा पनि परिरहेको छ ।

जीवन बीमा क्षेत्रमा मर्जरले खासै उत्साह ल्याएको देखिएन । समस्या कहाँनिर हो ?

उत्साह नआएको होइन, केही मर्जरहरु भई पनि सकेका छन् । केही कम्पनीको मर्जर प्रक्रिया अगाडि बढेको छ । जीवन बीमाको मर्जरमा अलिकति समय लागेको भएर मर्जर अलि ढिलो भएको जस्तो देखिएको हुुन सक्छ । एक्चुुरी भ्यालुएसन गर्नेदेखि लिएर त्यसको प्रक्रिया विदेशी स्रोतसँग भर पर्नुपर्ने भएको हुुनाले सोचेकै समयमा हुुन नसकेको हो । मर्जरमा उत्साह नआएको होइन । यसलाई सकारात्मकरुपमा लिनुुपर्छ ।

यहाँले नेतृत्व गरेको कम्पनी, जसले अहिलेसम्म आईपीओसमेत जारी गरेको छैन, यस्ता कम्पनीहरु मर्जरमा जाने सम्भावना कति रहन्छ ?

अहिले हामीहरुले मर्जमा नगई पुँजी पुर्‍याउने गृहकार्य गरिरहेका छौं । प्रिमियममा आईपीओ जारी गरेर तोकिएको पुँजी पु¥याउँछौं ।

तर प्रिमियमा आईपीओ जारी गर्दा त सर्वसाधारण लगानीकर्तालाई अन्याय हुने भयो नि ?

लगानीमा न्याय र अन्याय भन्ने कुुरा हुँदैन । यदि उहाँहरुले यसमा राम्रो रिर्टन देख्नुहुन्न भने लगानी नगर्न पनि मिल्छ । लगानीकर्ताले लगानी गरेर फाइदा हुुन्छ भनेमात्र लगानी गर्ने हो । समग्रमा प्रिमियममा जाने कुुरा धेरैै हिसाबले न्यायोचित छ । क्याल्कुलेसनले पनि जष्टिफाइ गर्छ । त्यसकारण यो लगानी गर्ने राम्रो क्षेत्र हो ।

अहिलेसम्म मर्जरका लागि जोडी नखोजेका पुराना कम्पनीहरुले तोकिएको पुँजी पुर्‍याउने विकल्प के हुन सक्छ ?

हामीले विकल्प भनिरहने होइन । नियामक निकायले यसमा पहल गरिरहेको छ । कम्पनीहरुलाई मर्जका लागि कसरी उत्प्रेरित गर्ने र पुँजी पु¥याउनका लागि नियामकीय निकायले सहजकर्ताको भूमिका पनि खेल्छ । अहिलेको विषम परिस्थितिमा कसरी अगाडि बढ्न सकिन्छ ? त्यसमा विचार गरिरहेकै होला ।

प्राधिकरणले एकातिर मर्जरबाट कम्पनीको सङ्ख्या घटाउन खोजिरहेकोे छ भने अर्कोतिर लघुबीमाहरुलाई नयाँ लाइसेन्स दिएर सङ्ख्या बढाइरहेको छ । यसप्रति यहाँले नेतृत्व गरेको सङ्घको धारणा के छ ?

प्राधिकरणले फोर्स मर्जरभन्दा पनि कि आफैं पुँजी पुर्‍याऊ कि मर्ज गर भनेको हो । सङ्ख्या घटाउन फोर्स गरेको होइन । यसमा केहीले मर्जर गरेर राम्रो हुन्छ भन्ने सोचेर स्वतःस्फूर्त बाटो रोजेका हुन् । अर्कोे, प्राधिकरणले लघुुबीमाको लाइसेन्स ग्रामीण क्षेत्रमा बीमाको पहुँच पु¥याउन ल्याएको देखिन्छ । अहिले लाइसेन्स पाएका लघुुबीमा सानो सङ्ख्यामा भएकोले पनि राम्रै अध्ययन गरेर ल्याइएको होला ।

जस्तो गाउँ–गाउँमा बैङ्किङ क्षेत्रमा पहुुच पुर्‍याउन राष्ट्र बैङ्कले ल्याएको लघुुवित्तले राम्रै काम गरेको छ । तर, त्यहाँ सङ्ख्या बढी भएकोले अहिले विभिन्न इस्युहरु आइरहेका छन् । तर, लघुबीमा सङ्ख्या धेरै नभएकोले यसले गरिब र विपन्नलाई सेवा पुर्‍यायो भने ठूलो असर नगर्ला । त्यस क्षेत्रमा समेट्नुपर्ने धेरै भएको हुनाले यसलाई सकारात्मकरुपमै लिनुपर्छ ।

बीमा प्राधिकरणले लगानीका विविध क्षेत्र खोलिदिए पनि कम्पनीहरु नयाँ ठाउँमा जान किन सकिरहेका छैनन् ?

नियामक निकाय बिस्तारै खुुल्दै गएको छ । जलविद्युत्, शिक्षा, पर्यटन, ऊर्जा क्षेत्रमा कम्पनीहरु गइरहेका छन् । आजको भोलि एकैचोटी सबै भइहाल्ने भन्ने हुँदैन । क्रमिकरुपमा एउटा समय लिएर, वातावरण हेरेर, त्यो क्षेत्रमा उद्योगधन्दा कति छन्, त्यसको रिटर्न हेरेर कम्पनीहरुले निर्णय गरिरहेका छन् । नयाँ गाइडलाइन आउनेबित्तिक्कै आजको भोलि सिफ्ट हुुने होइन । प्रगति हेर्दा सन्तोषजनक छ । यसमा अझ धेरै गर्नु पर्नेछ ।

जीवन बीमा व्यवसाय अहिले पनि अभिकर्ताको व्यक्तिगत जोडबलमा हुने गरेको छ । यो किन संस्थागत हुन सकिरहेको छैन ?

हाम्रो जस्तो देशमा जीवन बीमा अभिकर्तामार्फत नै हुने हो । पूर्वी दक्षिण एसियाली देशहरुलाई हेर्ने हो भने बेरोजगार अभिकर्ताको दर हाम्रो देशमा बढी छ । सबैको रोजगारीको सिर्जना भइसकेपछि डिजिटल मार्केटबाट जान्छ र संस्थागतरुपमा हुुन्छ । विकसित देशमा बैङ्कास्योरेन्समार्फत वन विण्डो फाइनान्सियल सोलुसनको हिसाबले बैङ्कले पनि बेच्ने गर्छन् । यहाँ विभिन्न कारणले बैङ्कास्योरेन्स बन्द भएका छन् । त्यस्तो नहुँदासम्म संस्थागतरुपमा विकास हुन रोकावट आउँछ ।

बैङ्कास्योरेन्सले संस्थागत गरेको थियो भने राष्ट्र बैङ्क र बीमा प्राधिकरणलगायतलाई यहाँहरुले किन बुुझाउन सक्नुुभएन ?

हामीले गर्भनरलगायत भन्नुुपर्ने ठाउँमा भनिरहेका छौं । हामीले यसका सकारात्मक पक्षहरुको बारेमा बुझाएपछि उहाँहरुले बुझ्नुभएको छ । उहाँहरुले उचित समयमा बैङ्कास्योरेन्स खोलिदिनुुहुुनेछ भन्नेमा आशावादी छौं ।

व्यवसाय बढाउने नाममा जीवन बीमामा पनि अनेक विकृति भित्रिएका छन् । यसलाई रोकथाम गर्न यहाँले नेतृत्व गरेको सङ्घले के–कस्ता काम गरेको छ ?

व्यवसाय विस्तारका लागि प्रतिस्पर्धा सबै क्षेत्रमा हुन्छ । तर, त्यो प्रतिस्पर्धालाई स्वस्थ बनाउनका लागि गाइडलाइन र नियामकीय निकायबाट कुुन–कुुन कुुरा कसरी गर्ने भनेर एउटा फ्रेमवर्कमा पटक– पटक छलफल गरेका छौं । अस्वस्थ प्रतिस्पर्धा भएको क्षेत्रमा अवेयरनेस गर्ने, सिकाउने, ट्रेनिङ गर्ने, विशेषगरी अभिकर्ताहरुलाई गाइडलाइन गर्ने कुुराहरुमा हामीले क्रमिकरुपमा गृहकार्य गरिरहेका छौं । प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धा कुन बाउण्ड्रीबाट भन्ने कुुराहरु पनि छन् । प्रतिस्पर्धा जुुनसुुकै क्षेत्रहरुमा पनि छन् । प्रतिस्पर्धालाई अस्वस्थबाट बचाउनका लागि हामीले लगातार छलफल गरिरहेका छौं ।

यहाँले नेतृत्व गरेको सिटिजन लाइफ इन्स्योरेन्सको अवस्था कस्तो छ ? यसका आगामी योजनाहरु के–के छन् ?

ग्राहकहरुको विश्वास, सिटिजन टिमको कर्मचारीहरुको लगनशीलता र मिहिनेतले हामी यो अवस्थामा आइपुगेका छौं । एउटा राम्रो कम्पनीको रुपमा अगाडि बढिरहेका छौं । कम्पनीको पुँजी पुर्‍याउन आईपीओमा जाने र प्राधिकरणले तोकेको पुँजी पुर्‍याउने योजना बनाएका छौं । त्यहीअनुसार हामी अगाडि बढिरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री