बिहीबार, १३ वैशाख २०८१

१८.१५ अंकले घट्यो नेप्से

समयपोष्ट २०७९ चैत ९ गते १५:५८

Advertisement

नेप्से परिसूचक १८.१५ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ।

यसदिन १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।

आज एआईसी एशियाको सबैभन्दा बढी कारोबार भएको छ। सो बैंकको यस दिन २१ करोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। मर्जरको हल्लासँगै यस दिन बैंकको कारोबार बढेको हो। त्यसैगरी, यस दिन सिद्धार्थ बैंकको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

घटेको बजारमा यस दिन माया खोला हाइड्रोपावर कम्पनी र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माया खोलाको शेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ भने एशियन हाइड्रोपावरको २९ रुपैयाँ ८० पैसा बढेर ३२८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिद्धार्थ बैंकको यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री