शनिबार, ८ वैशाख २०८१

पत्रकार महासंघ अर्घाखाँचीद्वारा क्षमता अभिवृद्वि तालिम संचालन

समयपोष्ट २०७९ चैत ७ गते १३:२७

Advertisement

अशोक खनाल
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम सञ्चालन गरेको छ ।

सोमबारबाट सन्धिखर्कमा शुरु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोग रहेको छ ।

उक्त कार्यक्रममा उक्त कार्यक्रममा जिल्ला अदालत अर्घाखाँचीका न्यायधीश श्रीकृष्ण भट्टराईले पत्रकारिता र साईबर अपराध, साईबर अपराध के हो ? भन्ने लगायत विषयमा प्रशिक्षण दिए ।

न्यायधीश भट्टराईले अहिले साईबर अपराधबारे सबै क्षेत्र जानाकार हुन जरुरी रहेको भन्दै सूचना प्रविधिको पूर्वधार, विज्ञता, विद्यमान कानुन र शैलीले समयलाई चुनौति दिएको बताए ।

उनले हरेक अपराधमा साईबर अपराध घुस्न थालेको तर अनुसन्धान त्यतातिर जानबाट चुकेको बताए ।

कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले संचारकर्मी, न्यायलय र न्याय सम्बन्धी प्रक्रिया, शब्दावली, लगायतका विषयमा अत्यन्तै मनोरञ्जनात्मक तरिकाले प्रशिक्षण दिए ।

त्यस्तै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले स्थानीय प्रशासनमा संचारकर्मीको भूमिका तथा संघ प्रदेश तथा स्थानीयतहरुको क्षेत्राअधिकारको बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा वक्ताहरुले साईवर अपराधका विज्ञ तथा जिल्ला न्यायधीशको तालिमबाट धेरै कुराहरु सिकेको र अझै सिक्ने मौका उपलब्ध गराउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोईरालाको प्रमुख अतिथ्यता, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यता, प्रमुख जिल्ला अधिकारी मिना अर्याल, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख मिश्र आचार्य, जिल्ला न्यायाधीश डा . श्रीकृष्ण भट्टराई ,श्रेतेदार महेश खनाल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, डिभिजन बन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरि प्रसाद पौडेल,आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपाली, जिल्लास्थित ईश्वरी बक्स गुल्मका गुल्मपति सेनानी बासुदेब पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अनुसन्धान अधिकृत खिम प्रसाद पोख्रेललगायत क्रियाशिलका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम महासंघका सचिव विनोद गैरको संचालन र सह-सचिव हृदयकुमार भुसालको स्वागत मन्त्वयबाट शुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री