बुधबार, १२ वैशाख २०८१

सानिमा र रिलायन्स लाइफले चैत ९ गतेदेखि एकिकृत कारोबार गर्ने

समयपोष्ट २०७९ चैत ७ गते १२:४७

Advertisement

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण प्रकृया सम्पन्न भएपश्चात सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

यस्तै फागुन २९ गते कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडाैंबाट गाभ्ने गाभिने कम्पनीको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पुर्ण सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनीले सानिमा रिलायन्स लाइफले सकार्ने गरी स्वीकृति पाएको थियो ।

त्यस अनुसार संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर पश्चात सानिना रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट रजिष्टर्ड तथा प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा रहने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री