शुक्रबार, १४ वैशाख २०८१

फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने

समयपोष्ट २०७९ फागुन २८ गते ११:५८

Advertisement

फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ।

मर्जरपश्चात गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९, बमोजिम गाभ्ने गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकिकरण तथा सूचीकरण प्रयोजनका लागि एकिकृत कारोबार भएको मितिबाट १५ दिनका लागि शेयर कारोबार रोक्का गरिन लागेको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपश्चात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट फागुन २९ गतेदेखि एकिकृत कारोबार हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री