शुक्रबार, ७ वैशाख २०८१

फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार

समयपोष्ट २०७९ फागुन २६ गते १२:१३

Advertisement

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुबै कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण काम सकिएपछि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

दुबै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताब पारित गरेको थियो । यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिकाको वडां. १ नक्सालमा रहनेछ ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) क्रमश १००ः८० कायम रहने गरी मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

साथै दुवै कम्पनीको आ‍व २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् । सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री