शुक्रबार, ७ वैशाख २०८१

प्राइम लाइफको ११ औं साधारणसभा सम्पन्न : १२.५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित

समयपोष्ट २०७४ चैत १४ गते १५:३२

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई १२ दशमलव ५ प्रतिशतका दरले बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

बुधवार सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०७३ र ७४ को वित्तीय विवरणाहरु पारित गर्दै सो आर्थिक बर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पुंजी १ अर्व ५८ करोड ६५ लाख २० हजारको १२ दशमलव ५ प्रतिशतका दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चुक्ता पुंजी रु. १ अर्व ७८ करोड ४८ लाख ३५ हजार पुग्ने छ ।

साधारणा सभाले संस्थापक शेयरधनीको तर्फबाट एकजना महिला संचालकमा नियुक्त गरेको छ । यस कम्पनीले देशभरमा विभिन्न १ सय २५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । यसलाई बढाएर आगामी बर्ष कम्तिमा १ सय ३५ स्थानबाट सेवा दिने कम्पनिले जनाएको छ ।

कम्पनीको हालसम्मको वित्तीय अवस्था, कम्पनीले जीवन वीमा क्षेत्रमा गरेको उपलब्धी र आगामी बर्षहरुमा शेयरधनीहरुलाई उल्लेख्य प्रतिफल दिन कम्पनीको व्यवस्थापन लागी रहेको साधारणसभामा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री