बैंक अफ काठमाण्डूले कति घोषणा गर्यो बोनस ?
समयपोष्ट
२०७४ चैत ९ गते ६:१४
बैंक अफ काठमाण्डूले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकको ६२ औँ संचालक समितिको बैठकले सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउँनेछन् ।हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ ।
प्रतिक्रिया