बिहीबार, १५ चैत २०८०

निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

समयपोष्ट २०७४ चैत ९ गते ५:४२

उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले ज्येष्ठ नागरिकका लागि विश्राम चौतारी बनाई दिनुभएको छ ।

Advertisement

भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिनुभएको हो । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उहाँले बताउनुभयो । श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने व्यवस्था पनि मिलाउनुभएको छ ।

बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आउनुभएका उहाँले बिहानको पत्रपत्रिका पढेर गाउँले सजग होउन् भनेर उक्त कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको जानकारी दिंदै आफूले सकुञ्जेल सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने इच्छा भएको बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री