आइतबार, ४ साउन २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख कित्ता सेयर लिलामीमा

समयपोष्ट २०७४ चैत ६ गते ८:१२

सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रदमा ९ लाख एक हजार ९ सय ९७ कित्ता सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समुहतर्फ ३ लाख ९२ हजार ७७२ कित्ता तथा सर्वसाधारण समूहतर्फको ५ लाख ९ हजार २२५ कित्ता सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।

बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लिलाम सेयरमा चैत १३ गतेदेखि चैत २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बैंकको लिलामी सेयरमा प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकका केन्द्रिय तथा पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, सुर्खेत, अत्तरिया, घोराही शाखा कार्यालय र प्रभु बैंकका वीरगंज, विराटनगर र धनगढी शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री