बिहीबार, १३ वैशाख २०८१

आलो मासु भन्दै यस्तो अस्वस्थ मासु खान्छन् उपभोक्ता

समयपोष्ट २०७४ चैत १ गते ११:५२

आलो मासु खाने भन्दै उपभोक्ताले अस्वस्थ मासु खाने गरेका छन् ।

Advertisement

मासु काटेपछि फ्रिजमा राखेर पछि खाँदा मात्रै स्वस्थकर हुने जिल्ला पशु विकास कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । बाह्र घण्टासम्म फ्रिजमा राख्दा त्यसमा भएको कीटाणु मरेर मासु स्वस्थकर हुन्छ । उहाँ भन्नुहुन्छ, “पसलहरुले फ्रिजमा राख्न गाह्रो मान्ने भन्दा पनि उपभोक्ता नै आलो मासु खोज्छन् । यस विषयमा जनचेतना फैलाउन खाँचो छ । ”

नगरका अधिकांश पसलले टेबुलमा बाहिर खुला राखेर मासु बिक्री गर्छन् । कीटाणु भएको मासु लामो समयसम्म खुला राख्दा कीटाणु अझै बढ्छ । मासु पसल सञ्चालन गर्दा फ्रिज राख्नैपर्ने व्यवस्था छ । केही वर्ष पहिलेसम्म नभएकामा अहिले अधिकांस मासु पसलमा फ्रिज छ ।

फ्रिज भएकाहरुले समेत राख्न नचाहेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हामीले स्थानीयस्तरमा समेत जनचेतना फैलाउनु आवश्यक छ ।” ललितपुर महानगरपालिकाभित्र मात्रै तीन सयभन्दा बढी मासु पसल छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री