शुक्रबार, ७ वैशाख २०८१

यसरी देखिए दुर्लभ रुपमा रहेका नीलगाई

समयपोष्ट २०७४ फागुन २९ गते ८:०३

महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् ।

Advertisement

भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो लागेको मनराका रामदिनेश चौधरीले बताउनुभयो ।

नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै तरकारीबाली खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको इटहर्वाका अवधेश कापरले बताउनुभयो ।

सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाई वनका सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउन जाने मानिसलाई देख्नेबित्तिकै भाग्ने गरेका छन् ।

करिव एक सातादेखि त्यस क्षेत्रका मनरा, भोलही, पोखरभिण्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा ती जनावरको दौडादौड मच्चिएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको गैँडाभेटपुरका वीरेन्द्र यादवले बताउनुभयो ।

जिल्लाको माथिल्लो भागमा रहेका वन जंगलमा डढेलो, चोरी शिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु नीलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री