बिहीबार, १३ वैशाख २०८१

नेपाली महिलालाई अमेरिकाको लोभ देखाएर लेबनान लगिदैं

समयपोष्ट २०७४ फागुन २९ गते १:४७

आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

Advertisement

लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रुपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन ।

अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिदैंन, लामो कागजी भन्झट पुरा गरेर चर्को शुल्क बुझाउनुपर्छ ।

लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री