बिहीबार, १३ वैशाख २०८१

बाँच्छु भन्ने सोचेको थिइनँ : बंगालदेशकी नागरिक सहरिन अहमद

समयपोष्ट २०७४ फागुन २९ गते १:२५

मेरो नाम सहरिन अहमद। म बंगालदेशकी नागरिक हुँ । म २९ बर्षकी भएँ । नेपाल घुम्ने रहर सानैदेखि थियो ।

Advertisement

सोमबार १२ : ३० बजे म एकजना साथीसँग ढाका विमानस्थलबाट काठमाडौंँका लागि उडेँ । हाम्रो योजना काठमाडौं र पोखरा घुम्ने थियो ।

काठमाडौं विमानस्थलमा २ः३० बजेतिर जाज ल्यान्ड गर्ने तयारीमा थियो । पहिलोपटक ल्यान्ड गर्न नसकेको महसुस गरेँ ।
दोस्रोपटक ल्यान्ड भयो । ल्यान्ड गर्नुअघि जहाजको पखेटा केही कोल्टे परेको जस्तो महसुस भयो ।

दुर्घटनाबारे पाईलटले केही जानकारी दिएका थिएनन् । अचानज सबै कुरा भयो । जहाजमा आगो लाग्यो । धुवाँको मुस्लो भित्र छिर्यो । जहाजभित्र अल्लाहा अल्लाहा को आजाव आयो, म होसमै थिएँ । सबैजना अत्तालिएका िथए ।
आजको नागरिकमा यो खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री