शुक्रबार, १६ चैत २०८०

काँग्रेसले दियो जनप्रतिनिधिलाई यस्तो प्रशिक्षण

समयपोष्ट २०७४ फागुन २६ गते १५:३६

नेपाली काँग्रेस कास्कीले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिएको छ ।

Advertisement

प्रशिक्षणमा जिल्लामा निर्वाचित गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्ष तथा सदस्य गरी १२० जनाको सहभागिता रहेको पार्टीका जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख नवीन सिग्देलले जानकारी दिनुभयो ।

प्रशिक्षणमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा प्रशिक्षण दिनुभएको थियो भने नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र प्रदीप पौडेलले क्रमशः संविधान र कानूनमा स्थानीय तहका जनप्रतिनिधिहरूको काम, कर्तव्य, अधिकार तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी संगठनबीचको समन्वय सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो ।

नेपालको संघीय संरचनाअनुसार गठित स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी दिइएको प्रशिक्षणले धेरै अस्पष्ट विषयमा जानकारी प्राप्त भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख एवं कार्यक्रम संयोजक युवराज कुँवरले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री